मनोरञ्जन

चलचित्र निर्देशक सुर्दशन थापा सहित ४ जना बिरुद्द डेढ करोड ठगि गरेको आरोपमा मुद्दा

२ जेठ, काठमाडौँ । चलचित्र निर्देशक सुर्दशन थापा सहित ४ जना बिरुद्द डेढ करोड ठगि गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायरा भएको छ ।

२१ जेठमा प्रहरी वृत्त मालीगाउँले थापालाई पक्राउ गरेर प्रहरी वृत्त बौद्धको जिम्मा लगाएको थियो । त्यसपछि उनलाई २३ जेठमा हाजिर जमानीमा छाडेर प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको थियो । यो मुद्दामा थापासहित ओमप्रकाश अग्रवाल र मिलन कुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ ।

अनुमति बिना नै ओएसआरको युट्युबबाट चलचित्र मार्फत ६० लाख, बिदेशी मुलुकहरु बाट ९० लाख गरि १ करोड ५० लाख सम्म आर्जन गरेको आरोप लागेको थियो ।