समाचार

पेट्रोलियम पदार्थको ढुवानीमा हडताल : पेट्रोल पम्पमा सवारीसाधनको चाप

३ असार, काठमाडौँ । नेपाल पेट्रोलियम ट्याकंर चालक संघले ढुवानीमा हडताल गरेपछि काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा सवारी साधनको लाइन बढेको छ।
विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको चालकले हड्ताल गरेर पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि सरकारी पम्पमा सवारी साधनको लाइन देखिएको हो।
आवश्यक सेवा सञ्चालन ऐन, २०१४ तथा आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ ले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सेवाभित्र राखेर बन्द तथा हडताल गर्न निषेध भएपनि संघमा आबद्ध ट्याकंर चालकहरुले कानुनको उल्लङ्घन गर्दै आन्दोलनमा उत्रिएका हुन्। जसले गर्दा साझा र निजी पेट्रोल पम्पमा भने डिजेलरपेट्रोल छैन भन्ने बोर्ड राखेर बन्द गरिएको छ।