समाचार

गोत्र के हो ? एउटै गोत्रभित्र विवाह गर्न किन हुन्न ? कौण्डिन्य गोत्रीय महासमाज के भन्छ ?

३ असार, काठमाडौं । कौण्डिन्य महासमाजले गोत्र के हो ? एउटै गोत्रभित्र वा कौण्डिन्य गोत्रभित्र बिहाबारी गर्नुहुन्न भन्ने मान्यता छ, किन ? भन्ने शीर्षकमा लेख वा रिपोर्ट लेख्न आह्वान गरेको छ ।
महासमाजले उक्त बिषयमा पाँच हजार शब्द भन्दा बढी लेख्नेलाई कम्तीमा पाँच हजार रुपैयाँ पुरस्कार स्वरुप उपलब्ध गराउने जनाएके छ ।
महासमाजका प्रवक्ताले जारी गरेको विज्ञप्तीका अनुसार उक्त लेअ एक भन्दा बढी भएका एउटा उत्कृष्ट लेख महासमाजको केन्द्रीय कार्यसमितिले छान्नेछ भने अन्य बाँकी लेअ वा रिर्पोटहरु महासमाजको प्रकाशनहरुमा छापीने बताएको छ ।
महासमाजले समाजमा एउटै गोत्रबिचमा बिहाबारी भईरहेको र बिहाबारी रोक्न गरिएका धार्मिक र परम्परागत प्रयासहरुलाई चिर्ने प्रयास स्वरुप बौद्धिकबृतमा बहसहरु चलाएको उक्त लेख लेअनका लागि खुल्ला गरिएको विज्ञप्तीबाट अनुमान लगाउन सकिनछ । एउटै गोत्रबीच बिहाह गर्न नहुने धार्मिक विश्वास भएपनि समाजमा धेरै परिवारले एउटै गोत्रभित्र बिहाबारी गरी सनतानसमेत भएर घरवार भएका उदाहरणहरु धेरै रहेका छन् । यस विसयमा आधिकारिक र समाजलाई पचने धारणा बनाउन समाजको चासो भएको देखिन्छ ।
महासमाजले लेअ लेख्न आग्रह गर्दै कुनैपनि जिज्ञासा भए महासमाजमा सम्पर्क गर्न आग्रह गर्दै नम्बरसमेत सार्बजनिक गरेको छ । सम्पर्क नम्बरहरु ९८५१०२७२८३, ९८५१००९६६९, ९८४१२८३२१३ रहेका छन् ।

महासमाजका प्रवक्ताद्वारा प्रकाशित विज्ञप्ती

प्रेश विज्ञप्ती

आदरणिय बन्धुहरु नमस्कार,

गोत्र के हो ? एउटै गोत्रभित्र वा कौण्डिन्य गोत्रभित्र बिहाबारी गर्नुहुन्न भन्ने मान्यता छ, किन ? खास कारण र प्रमाणसहितको कम्तीमा ५००० शब्दको लेख लेख्नुहोस्, स–धन्यबाद कम्तीमा ५ हजार पुरस्कार लानुहोस् ? यो लेख महासमाजले प्रकाशन गर्ने पुस्तकमासमेत प्रकाशन गरिनेछ । लेख कम्युटरमा प्रिति फन्टमा लेखेर हामीलाई ईमेल गर्नुपर्नेछ ।

प्रवक्ता
कौण्डिन्य गोत्रीय महासमाज
केन्द्रीय कार्यासमिति। काठमाडौं ।
सम्पर्कः ९८५१०२७२८३, ९८५१००९६६९, ९८४१२८३२१३