४ असार, काठमाडौँ । एमालेका सांसद गोकुल बास्कोटाले बजेट एउटा दलको मात्र भएर आएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले जस्को हात जगन्नाथ भनेझै सरकारमा रहनेले बजेटमाथि मनपरि गरेको टिप्पणी गरे ।
उनले भने, “अर्थमन्त्रीले छलाङ हान्छु भन्नुहुन्थ्यो । छलाङ हान्नु भएको छ । तर, अर्थमन्त्रीले भनेको छलाङ जस्का हातमा डाडूपन्यूँ उसैले हान्यो, के यो बजेट १५आमैं पञ्चवर्षिय योजनाको काम पूरा हुने गरि आयो ? के १६औं योजनाको लक्ष्यभेद्दन गर्नेगरि आयो ? दिगो विकासका लक्ष्य पूरा गर्नेगरि आयो ? भनिो बजेट विनियोजन छ, शीर्षक छ बजेट छैन्, ५ लाखको योजना पनि बजेटमा हालियो प्रत्यक्ष चुनाव लडेर तल हुने नहुने आश्वासन बाँढेर आईयो । अनि के हामीले अहिले ढाँटको मानो पचाउन बजेटको पक्षमा बोल्नुपर्ने ? अब के हुन्छ ? उनले प्रश्न गर्दै भने आएको बजेट पनि बहुवर्षिय हो कि होईन् ? त्यो पनि हेर्नु पर्नेछ । बजेट एउटा पार्टीको जस्तो छ । सत्ता समीकरणको छनक पनि छैन् ? तीतो भए तितै होस् सत्य यही हो ’ ।