राजनीति

काँग्रेसबाट निर्बाचित काठमाडौं –११ का वडाध्यक्ष तण्डुकारले कार्यालयमा राखे ग्रेटर नेपालको नक्सा, देखिए राष्ट्रबादी

४ असार, काठमाडौं । काठमाडौं महानगरपालीका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले ग्रेटर नेपालको नक्सा वडा कार्यालय मा राखेका छन् ।
ग्रेटर नेपालका अभियान्ता फडिन्द्र नेपालले एक नक्सा ट्वीटरमा सार्बजनिक गर्दै उक्त जानकारी दिँदै भनेका छन्।
नेपाली काँग्रेसकातर्फबाट गत स्तानीय तह निर्बाचनमा वडाध्यक्षमा निर्बाचित तण्डुकारले तस्वीर पडिन्द्र नेपालसँग लिएको तस्वीर स्पष्ट देखिन्छ ।
आफ्नी धर्मपत्नी केहीअगाडी गुमाएका वडाध्यक्ष तण्डुकारका सन्तानसमेत नभएको स्थानीय बताउँछन् । वडाध्यक्ष तण्डुकार राष्ट्रबादी छवि भएका ब्यक्ती भएको फडिन्द्र नेपालले संकेत गरेका छन् । तण्डुकारको कार्यले नेपाललगायत ग्रेटर नेपालको टिमलाई हौसला मिलेको उनले दाबी गरेका छन् ।


फडिन्द्र नेपालको ट्वीटः

काठमाडौँ महानगरपालिका वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारले आज अपरान्ह आफ्नो कार्यकक्षमा ब्रम्हपुत्रदेखि रावीसम्मको ग्रेटर नेपालको पाँचौँ संस्करणको नक्सा राख्नुभएको छ । उहाँको यो सदाशयतापूर्ण राष्ट्रियताबाट हामी ग्रेटर नेपालका समर्थकहरूलाई ठूलो हौसला मिलेको छ ।