अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति उम्मेद्वार डोनाल्ड ट्रम्पलाई एकै ब्यापारीले दिए पाँच करोड डलर चन्दा, बीसौं करोड डलर संकलन

७ असार, काठमाडौं । अमेरीकाका पूर्ण राष्ट्रपति एवं आउँदो राष्ट्रपतीय निर्बाचनमा राष्ट्रपतिका प्रत्यासी डोनाल्ड ट्रम्पलाई ५ करोड डलर एकैजना ब्यक्तीले सहयोग गरेका छन् ।
उनलाई ३४ वटा अभियोगमा दोषी प्रमाणित भएलगत्तै उक्त सहयोग रकम ट्रम्पलाई दिईएको बिबिसीले जनाएको छ । कन्जरभेटिभ विलियनर टिमोथी मेल्लोनले डोनाल्ड ट्रम्पलाई उक्र चन्दा रकम दिईएको बताईएको छ ।
यसैगरी उनलाई अर्का ब्यक्ती बिलियनर लिज र डिक उहीहेलिनबाट पनि एक करोड डलर रकम सहयोग दिईएको बताईएको छ । अमेरिकाको राष्ट्रपति निर्बाचनमा सहयोग रकमले विजयका लागि महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । डोनाल्ड ट्रम्प आफैं अर्बपति ब्यापारीका रुपमा समेत चिनिन्छन् । यसबाट ट्रम्पलाई २० औं करोड चन्दा संकलन भईसकेको अनुमान लगाउन सकिन्छ ।