लुम्बिनी

कांग्रेसको विरोधपछि लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध

७ असार, काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको बैठक अबरुद्ध भएको छ । नेपाली कांग्रेसले जनतामैत्री र संघीयता विरोधी बजेट आएको भन्दै शुक्रबारको संसद बैठक अवरुद्ध गरेको हो । बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफ्नो धारणा राखिसकेपछि कांग्रेसले संदन अवरुद्ध गरेको हो ।
दल नेता बोलिसकेपछि कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन् । संसदमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीले रकारले वित्तीय अनुशासन उल्लंघन गरी मनपरी ढंगले बजेट बाँडेको, दिगो विकास लक्ष्यलाई बेवास्ता गरेको, सत्ता पक्षका सांसद र मन्त्रीका गोजीका योजना रातो किताबमा राखेर बजेट दुरुपयोग गरेको बताएका थिए । उनले बजेट नसच्याएसम्म प्रदेश सभामा अवरोध जारी रहने बताए ।