८ असार, परासी । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा दण्ड र पुरस्कारको थिती बसाल्ने बताएका छन् ।
उद्योगपति एबम् नेपाली काँग्रेसका साँस्द विनोद कुमार चौधरीको गृहनगरमा बोल्दै पार्टीका आधिकारिक उम्मेद्वारलाई विजय गराउन अहिलेदेखी नै लागि पर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
नेपाली काँग्रेसलाई कसैले पनि हराउन नसक्नेगरी लाग्नुपर्ने बताउँदै योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिन स्थानीय कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
उनले सबै तह र तप्कामा प्रशिक्षण कार्यक्रम राख्न निर्देशन दिँदै अबको निर्बाचनमा अन्तरघातको अन्त्य हुनुपर्ने विचार राखेका छन् । सभापति देउवाको आशय पैसा, पावर, गुण्डागर्दी वा नाताबादमा भन्दा योग्यता र क्षमताको कदर गर्दै सजम्मेवारी दिईनुपर्ने भन्ने बुझ्न सकिन्छ ।