राजनीति

महामन्त्री थापाको दाबीः ०८४ सालको निर्बाचनमा एक्लै सरकार चलाउन सक्नेगरी नेपाली काँग्रेसले सीट जित्छ

८ असार, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी २०८४ सालमा ४० प्रतिशत मत ल्याएर कँँग्रेसलाई पुरा पाँच बर्ष सरकार चलाउन योग्य पार्टी बनाउने बताएका छन् ।
आज काठमाडौंमा आयोजीत एक कार्याएक्रममा बोल्दै ‘म तपाईंहरूलाई यो विश्वास दिलाउन चाहन्छु कि यो पार्टी सकिएला, पार्टी भत्किएला। त्यो केही पनि हुँदैन। २०८४ सालको चुनावबाट, अहिलेकै निर्वाचन प्रणालीबाट बिपी कोइराला, गणेशमान, किसुनजीको पार्टी हो यो। यो पार्टीको कार्यकर्ताहरु हौं हामी। हामीभित्र केही सुधार चाहिएको छ। हामीभित्र केही फोहोर सफा गर्नुपर्नेछ। हामीभित्र माया, प्रेम चाहिएको छ। सबै कुरा मिलाउनुपर्नेछ, मिलाऔं। यो सबै कुरालाई मिलाएर एक ढिक्का बनाएर, तपाईंहरूको माया, प्रेम यो सबै कुरालाई तागत बनाएर यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशत भन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठूलो मात्रै होइन, ५ वर्ष आफ्नो तागतको आधारमा एकल सरकार चलाउन सक्ने पार्टी यो बन्छ, बनाउन सक्छौं।’ भनेका छन् ।
उनले सरकार ढुककले ५ बर्ष चलाउनेगरी साँसदको सीट संख्या ल्याउने भन्दै त्यसका लागि पार्टीभित्रका गुटउपगुट अन्त्य हुनुपर्ने उनको तर्क रहेको छ । नेपाली काँग्रेस पीपी कोईराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोईराला, शुसील कोईरालालगायतका नेतृत्वबर्गले देखाएको बाटो हिँड्ने भन्दै सबै नेता कार्यकर्ताले काँग्रेसलाई आगामी निर्बाचनमा बलियो बनाउने गरी अगाडी बढ्नुपर्ने बताए ।