१० असार, काठमाडौं । प्रहरी नायव महानिरीक्षक पोषराज पोख्रेललाई एआइजीपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।
आज बढुवा सिफारिस समितिले पोख्रेललाई प्रहरी अतिरिक्त महानिरिक्षकमा बढुवा सिफारिस गरेको हो ।
उनलाई ७३.३३८४ नम्बर दिईएको प्रहरी महानिरीक्षक एवं बढुवा समितिका सदस्य सचिव बसन्त कुँवरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप–नियम ९४० अनुसार पोख्रेललाई बढुवा सिफारिस गरिएको दाबी गरिएको छ ।