राजनीति

देशलाई प्रचण्डबाट खतरा भयो, अरु बर्बाद हुन नदिन काँग्रेस–एमाले मिल्नुपर्छः पूर्व राजदूत आचार्य

१० असार, काठमाडौं । भारतका लागि नेपालका पूर्व राजदूत निलाम्वर आचार्यले नेपाली काँग्रेस र एमालेले आफ्नो नीतिमा पुनरावलोकन गरि अगाडी बढ्नुपर्ने विचार ब्यक्त गरेका छन् ।
उनले ट्वीट गर्दै चण्डजीले दुई ठूला राजनीतिक शक्तिलाई
जोडिन पनि नदिने र कुनैलाई एक्लै बलियो बन्न पनि नदिने
रणनीति अपनाएकोदाबी गर्दै काँग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउनुपर्नेतर्फ संकेत गरेका हुन् ।
पूवृ मन्त्रीसमेत रहेका आचार्यले तत्काल नयाँ शक्ती उदाउने सम्भावना पनि नभएको भन्दै देशलाई अरू कमजोर बन्न नदिने हो भने
काँग्रेस र एमालेले आफ्ना नीतिमा पुनरावलोकन गर्नुपर्छ भन्ने शसक्त विचार राखेका छन् ।

उनको ट्वीटः

प्रचण्डजीले दुई ठूला राजनीतिक शक्तिलाई
जोडिन पनि नदिने र कुनैलाई एक्लै बलियो बन्न पनि नदिने
रणनीति अपनाएको देखिन्छ।
देशको निम्ति यो उपयुक्त छैन।
तेस्रो शक्ति उदाउने तत्काल सम्भावना पनि छैन।
देशलाई अरू कमजोर बन्न नदिने हो भने
काँग्रेस र एमालेले आफ्ना नीतिमा पुनरावलोकन गर्नुपर्छ।