१० असार, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राम्रो तलव देखाएर विदेश लग्नै भन्दै ठग्ने गरेकोले प्रलोभन देखाउने म्यानपावर कम्पनीलाई कारबाही गर्न माग गरेका छन् ।
उनले कुवेत जाँदा आफुले ५ नेपालीको उद्दार गरेको भन्दै अब अझै त्यहाँ ६ लाख लिएर अलपत्र भएका नेपाली रहेको जानकारी दिँदै म्यानपावरले गरेका गलत कार्यमा सरकारले ध्यान दिनुपर्ने बताए ।
भर्खरै विदेश घुमेर आएका उनले कुवेतमा अझै ४१ हजार नेपाली महिला कामदार रहेका र तीमध्ये २७ हजार गैरकानुनी बाटो भएर गएको भेटिएको उनले बताए ।