लुम्बिनी

सर्वोच्चको आदेश- फणिन्द्र देवकोटामाथिको कारबाही तत्काल कार्यान्वयन नगर्नू

१० असार, काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई गरिएको कारबाही अगाडि नबढाउन आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गर्दै कारवाही अगाडि नबढाउन भनेको हो।
सर्वोच्चले देवकोटालाई पदमुक्त गर्नुको कारण पनि सोधेको छ। यसमा “के,कसो भएको हो ? निवेदकको मागबमोजिम उत्प्रेषणसमेतको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने कुनै आधार र कारण भए आफूसँग भएको सबुत प्रमाण खुलाई विपक्षी नं. १, २, ४ र ६ ले गण्डकी प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको कार्यालय मार्फत, विपक्षी नं. ३ र ५ ले आफै वा आफ्नो कानूनबमोजिमको प्रतिनिधि मार्फत तथा विपक्षी नं. ७ ले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जबाफ प्रस्तुत गर्नू भनी यो आदेश र रिट निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरुका नाउँमा म्याद र सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नूआदेशमा भनिएको छ।”