राजनीति

निर्मला पन्तको बलात्कारी रहत्यारा पत्ता लगाउने कार्य मेरो प्रथमिकतामा नै छः उपप्रधानमन्त्री लामिछाने

१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एबम् उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्यारा पत्ता लगाउने भन्ने पहिलो कार्यकालमा गरेको प्रतिबद्धता आफुले नभूलेको बताएका छन् ।
उनले राष्ट्रिय सभाको बैठकमा सांसदहरुले दिएको प्रश्नको जवाफ दिने क्रममा आफुले यति दिनमा पत्ता लगाउँछु नभनेको भन्दै त्यसलाई आफुले अझैपनि प्राथमिकतामा रहेको बताए ।
उनले निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसंधान जारी रहेको भन्दै हत्यारा नतिजाउन्मुख भएको जानकारी दिए ।

उनले भने, ‘निर्मला पन्तको हत्याराबारेको विषयलाई मैले आफ्नो प्राथमिकता अघिल्लो कार्यकालको विषयलाई भुलेको छैन । नतिजा उन्मुख छौं । यति जानकारी यहाँहरुलाई गराउन चाहन्छु ।’