मनोरञ्जन

यस्तो छ राजेशपायलको ‘मनको सारङ्गी’ (भिडियो)

१० असार, काठमाडौँ । गायक राजेशपायल राईको नयाँ गीत ‘मेरो मनको सारङ्गी’ सार्वजनिक भएको छ । सरिता लिङ्देनको शब्द रहेको यो गीतमा मन्जु मितेरीले संगीत भरेका छन. ।

यो गीतमा गायक तथा संगीतकार बादल लिम्बुको एरेन्ज रहेको छ । नेत्र नेपाली रेकर्डिस्ट रहेको यो गीतको भिडियोमा राजेशपायल स्वयम् फिचर्ड छन् । रोमान्टिक शैलीमा गाइएको यो प्रेम गीतलाई मुन्धुम स्टुडियोले बजारमा ल्याएको हो । गीतलाई प्रफुल्ल तुम्बाम्फेले निर्माण गरेका हुन् ।

हेर्नुस् गीत : https://www.youtube.com/watch?v=1SNtHAurso0