खेलकुद

टायर रिसाईक्लि गर्ने पोखराको स्टार्टअप बन्यो यस वर्षको स्टार्टअप वल्र्डकप नेपाल च्याम्पियन

१४ असार, काठमाडौँ । पोखराका स्टार्टअपहरुले ल्याएको टायर रिसाईकल गर्ने स्टार्टअप नेपालकै उत्कृष्ट स्टार्टप हुन सफल भएको छ । विहिबार काठमाण्डौमा सम्पन्न स्टार्टअप वल्डकपको नेपालको फाईनलमा पोखराको स्टार्टअप टि.आर.एफ अपसाईकल्स नेपाल च्याम्पियन घोषित भएको हो ।
स्टार्टअप हब नेपालले आयोजना गरेको स्टार्टअप वल्र्डकपको नेपालको फाईनलमा विहिबार उत्कृष्ट १० स्टार्टपले आफ्नो आईडिया पिच गरेका थिए । सहभागी टप १० मध्ये ९ लाई पछि पार्दै टि आर एफ नेपाल च्याम्पियन हुन सफल भएको हो ।
यसपटक पहिलो चोटि स्टार्टअव वल्र्ड कपको संस्थापक कम्पनीका पार्टनर जस्टिन ज्याक्सन नेपालको फाइनलका लागी आएका थिए । उनले नेपालको स्टार्ट ईकोसिस्टम राम्रो बनाउनुपर्ने कुरामा जोड दिए ।
स्टार्टअप वल्र्डकप नेपाल फाईनलको उद्घाटन गर्दै उद्योगमन्त्री दामोदर भण्डारीले सरकार स्टार्टअपलाई प्रोत्साहन गर्न एक कदम अघि बढिसकेको बताउनुभयो ।
त्यसैगरि नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप आजको आवश्यकता भएको र यसमा सरकारले विशेष सहयोग गर्नुपर्ने बताए
त्यसैगरि उद्योग सचिव कृष्णबहादुर राउतले नेपालको विकासमा स्टार्टअपलाई साथ लिएर अघि बढ्न मन्त्रालय तयार रहेको बताए ।

त्यसैगरि अमेरिकी दुतावासका राजनीति तथा अर्थशास्त्र विभागका प्रमुख मार्क टेम्पलरले अमेरिकाले उद्यमशिलतामा धेरै सफलता हाँसिल गरेको र आफुहरुले नेपालमा पनि उद्यमशिलताको क्षेत्रमा सहयोग गरिरहेको बताए ।
त्यसैगरि काठमाण्डौ जिल्ला समन्वय समितिका प्रमुख शन्तोष बुढाथोकीले स्टार्टअप देश विकासका लागी अपरिहार्य रहेको बताए ।

विश्वभरका लगभग १०० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिश्पर्धा नेपालमा स्टार्टअपहब नेपालले आयोजना गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वर्ल्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअपहब नेपालमार्फत वल्र्डकप नेपाल भित्र्याएको हो ।

बिजयी काफ्लेले अमेरिकाको सिलिकन भ्यालिमा विश्वब्यापी प्रतिश्पर्धामा सहभागी हुने अबसर प्राप्त गरेका छन् । स्टार्टअप विश्व बिजेता बन्न सकेमा एक मिलियन डलर (१३ करोड नेपाली रुपैया बराबर) लगानी पुरस्कार पाउने आयोजकले बताएका छन् ।