मनोरञ्जन

पुन: अभिनयमा फर्किए कलाकार धुर्मुस-सुन्तली (भिडियो)

१४ असार, काठमाडौँ । लामो समय यता अभिनय यात्रा रोकेर समाजसेवामा लागेका हास्यकलाकार जोडी सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली पुन: अभिनयमा फर्किएका छन् ।

गायिका सुजाता के सी र तुलसी सिवाकोटीको स्वर रहेको रोमान्टिक गीत हंगामाको म्युजिक भिडियोमा धुर्मुस -सुन्तलीलाइ नयाँ शैलीमा प्रस्तुत गरिएको छ । सी डी विजय अधिकारीको शब्द ,संगीत रहेको गीतमा केशव बडुको एरेन्ज रहेको छ ।

युवा निर्देशक प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी ,अर्जुन तिवारीको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ। गीतलाई गायिका सुजाता के सीको युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

अर्को महिना जुलाई देखि यसै गीतका गायक तुलसी सिवाकोटीको साथमा पहिलोपटक युरोपको कार्यक्रममा जान लागेका धुर्मुस -सुन्तली लामो समय पछि बिस्तारै स्टेज प्रोग्राम र अभिनयमा कमब्याक गर्ने कोसिस गरिरहेका छन् ।