१६ असार, काठमडौं । रास्वपाका सभापति एवं उपप्रधान र गृह मन्त्री रवि लामिभछानेले आफुले धेरै बोलेर दुःख पाएको बताएका छन् ।
अब आफु धेरै बोल्ने पक्षमा नभएको भन्दै अब धेरै बोल्न नहुने रैछ भन्ने पुष्टी भएको उनले बताए ।
काठमाडौको एक कार्यएक्रममा बोल्दै उनले जनता र नेताको प्राथमिकता नमिल्दा देशको विकास नभएको आफुले बुझेको बताए ।
उनले भने, ‘जब आमजनता र नेतृत्वको प्राथमिकतामा फरक आउँछ । त्यतिबेला मुलुक जहिले पनि अप्ठ्यारोमा पर्छ । नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै भएन । अलग–अलग भयो । लोकतन्त्र हामीले चिन्ता गर्ने विषय भयो । चिन्ता गर्नुपर्दैन । लोकतन्त्र खतरामा भए जोगाइदिने कार्यकर्ता छन्, जनता छन् । नेताहरुले चिन्ता गर्नुपर्दैन’