समाचार

काँग्रेस-एमाले सहिमतिपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच वालुवाटारमा भेट

१८ असार, काठमाडौं । आफ्ना मन्त्रीहरुले आज राजीनामा दिनु अगाडी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दहालबीच प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता भएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवाताएपछि दुई ठूला पार्टीको सहमतीपछि नयाँ राजनीतिक तरगं बैदा भएको छ ।
आज एमालेका मन्त्रीहरुले संयुक्त रुपमा राजीनामा दिएपछि एमालेको सचिवालय बैठकसमेत बस्ने जनाईएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सरकार संचालनका लागि सहमती भएपछि नयाँ राजनीतिक हलचल भएको हो ।

काँग्रेस र एमाले मिलेर सरकार बन्ने संकेत, डराए प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछाने

ओलीलाई व्यंग्य गर्दै काठमाडौंका मेयर शाहले कडा टिप्पणी गर्दै भने, ‘याे समय गिरिबन्धुको हो’