सामाजिक सञ्जाल

ओलीलाई व्यंग्य गर्दै काठमाडौंका मेयर शाहले कडा टिप्पणी गर्दै भने, ‘याे समय गिरिबन्धुको हो’

१८ असार, काठमाडौं । काठमाडौं महानगरपालीकाका मेयर बालेन्द्र शाहले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहमतीलाई काले काले मिलेर खाउँ भालेको संज्ञा दिएका छन् ।
केहीबेर अगाडी ट्वीट गर्दै उनले यो समय गिरिबन्धुको हो भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कडा रुपमा ब्यंग्यात्मक विरोध गरेका छन् ।
पछिल्लो समय अध्यक्ष ओलीको कडा टिप्पणी गरेपछि साम्य भएको ओली–बालेन टिप्पणी पुनः मेयर शाहले शुरु गरेका छन् ।
मेयर शाहको टिप्पणीपछ अध्यक्ष ओलीको कुनै आधिकारिक टिप्पणी आएको छैन, एमालेका माथील्लो तहका नेताहरुकोसमेत अहिलेसम्म कुनै टिप्पणी आएको छैन ।
ट्वीट गरिएको तस्वीरमा उनले काँग्रेस सभापति शेरबहादुर देउवाको र एमाले अध्यक्ष केपी ओलीको तस्वीर राखेका छन् । एमाले अध्यक्ष केपी ओलीलाई झापाको गिरिबन्धु टि स्टेटसँग जोडेर बिबाद आईरहेको अवस्थामा मेयर शाहले प्रधानमन्त्री बनन लागेको भनिएका उनको विरोध गरेका हुन् ।