राजनीति

काँग्रेसले १० र एमालेले ९ मन्त्रालय लिने नयाँ सरकार बन्ने सहमति भएपनि प्रधानमन्त्रीमा ओली वा देउवा को बन्लान् ?

१८ असार, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सरकार निर्माणका बिषयमा भएको सहमतीका बिषयमा जनाकारी गराएका छन् ।
आज बसेको बुढानिलकण्ठको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा सभापति देउवाले सरकार बनाउने बिषयमा भएको छलफलका बिषयमा जानकारी दिएका हुन् ।
उनले काँग्रेस–एमाले सरकार निर्माण हुने भनिए पनि उक्त कसको नेतृत्वमा बन्ने भन्ने कुरा भने स्पष्ट भएको छेन ।
मिडियाहरुमा आएअनुसार भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार पहिले निर्माण गर्ने र निर्बाचनका ताका निर्माण हुने सरकारको नेतृत्व भने सभापति देउवाले गर्ने भन्ने छ ।
सरकार निर्माणमा काँग्रेसले गृहसहित १० वटा मन्त्रालय र एमालेले ९ मन्त्रालय लिने सहमती रहेको छ । प्रधानमन्त्री को बन्ने भन्नेमा स्रोतले ओलीलाई दाब्ी गरेपनि देउवाले बताएकोमा देउवा बन्ने भन्ने सम्भावना पनि भएको देखिन्छ ।