राजनीति

प्रचण्डलाई बालुवाटार गएरै प्रधानमन्त्रीबाट राजीनामा दिन ओलीको दबाब, नदिए संबिधान अनुसार नयाँ सरकार बनाउने चेतावनी

१८ असार, काठमडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका छन् ।
आज बिहान प्रधानमन्त्री निवास वालुवाटार पुगेका अध्यक्ष ओलीले उनलाई काँग्रेससँग नयाँ सहमती कायम भएकाले प्रधानमन्त्रीबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीलाई अध्यक्ष ओलीले सहमती तोडेको भन्दा तपाईँपनि अझै संगै भएको र आफुलाई साथ दिएर संगै हिँड्न चाहेको बताएका थिए ।
प्रधानमन्त्रीले सहमती किन तोडियो भन्ने प्रश्न गर्दै संबिधानमा कुनै परिवर्तन गर्न लागिएको हो र ? भन्ने प्रश्न गरेका थिए । अध्यक्ष ओलीले आफुले अप्ठ्यारो अवस्थामा सहयोग गरेको बताउँदै आफुलाई पनि अप्ठ्यारो अवस्थामा सहयोग गर्न आग्रह गरेका थिए ।
प्रधानमन्त्रीबाट राजीनामा दिन ओलीले दबाब दिए पनि नदिए संबिधान अनुसार नयाँ सरकार बनाउने चेतावनीसमेत घुमाउरो पारामा दिएको स्पष्ट देखिन्छ । नेपालको संबिधान २०७२ को धारा ७६ को उपधारा २ अनुसार सरकार बनाउने दाबी गरिएको छ ।