समाचार

प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा नदिने, रविले नयाँ सरकार बन्ने प्रकृया शुरु भएपछिमात्र दिने

१८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहालले राजीनामा नदिने बरु संसदमा फेस गर्ने भएका छन्। आज बसेको माओबादी केन्द्रको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो।
अर्कोतिर सत्ता घटक दल रास्वापाले सरकारबाट तत्काल राजीनामा नदिएपनि नयाँ सरकार बन्ने प्रकृया शुरु भएपछि राजीनामा दिने निर्णय गरेको छ । उक्त पार्टीको आजको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । काँग्रेस–एमाले गठबन्धन सरकारमा सहभागी नहुने रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।