राजनीति

प्रचण्डलाई तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिन काँग्रेसकाे दबाब, पद छाड्ने संकेत

१९ असार, काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्रीबाट राजीनामा दिन नेकपा नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दहाललाई आग्रह गरेको छ ।
नेकपा एमालेसंगको सहकार्यलाई आज अनुमोदन गरेको काँग्रेसले काँग्रेस र एमाले मिलेर बन्ने सरकारलाई सहयोग गर्न पदबाट राजीनामा दिन काँग्रेसले आग्रह गरेको हो । समापति शेरबहादुर देउवा र एमाले अध्यक्षबीच नयाँ सरकार निर्माण गर्ने सहमती भएपछि बिच्किएका प्रकानमन्त्रीले राजीनामा नदिने बरु विश्वासको मतको सामना गर्ने बताउँदै आएका छन् ।
आज नेपाली काँग्रेसको बैठक बसेपछि नयाँ सरकार बनाउने कार्यलाई अनुमोदन गर्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न दबाब दिएको हो । नेकपा एमालेले हिजो नै राजीनामाका लागि भनिसकेको छ ।
नेता प्रकाश सरण महतले आजको देउवा पिनवासको बैठकपछि भने, ‘दुई वटा ठूला दल नेपाली कांग्रेस र एमालेसँगै सरकार बनाउने भनिसकेपछि त स्वभाविक रुपमा सम्माननीय प्रधानमन्त्रीजीले मार्गप्रशस्त गर्नु पर्छ । त्यो पनि हाम्रो निर्णयमा आएको छ । उहाँले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ । र, अरु दलको समेत समर्थन घोषणा भइराखेको छ । यो जुन नयाँ समीकरण बनेको छ । यो सम्बन्धमा हाम्रो कार्य सम्पादन समितिको बैठकले सम्माननीय प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न पनि आग्रह गरेको छ ।’

प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा नदिने बताएपछि उथलपुथल हुन्छ भन्दै आएका उनी पछिल्लो समय गल्दै आएको उनकै नजिकका नेताहरुको दाबी छ । गलेका कारण पद छाड्ने स‌केत देखिएकाे छ ।