बाग्मती

सिप्रदीयन सहायता संस्था र चन्द्रागिरी नगरपालिका वडा नं १४ को सहकार्यमा निशुल्क तालिम सम्पन्न

१९ असार, काठमाडौँ । सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्था र चन्द्रागिरी नगरपालिका वडा नं १४ बीचको सहकार्यमा ८० घण्टाको निशुल्क डेक्सटप सपोर्ट तालिम कार्यक्रम सम्पन्न भएको छ । तालिम कायक्रम २०८१ जेठ १९ गतेदेखी सुरु भएको थियो । उक्त निशुल्क तालिममा चन्द्रागिरी नगरपालिकाका ३२ जना प्रशिक्षार्थीहरुले कम्प्युटर हार्डवेयर मर्मत, सफ्टवेयर इन्स्टलेसन, प्रिन्टर सेटिङ्ग, बेसिक नेटवर्किङ्ग, इमेल-इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्ट सम्वन्धि तालिम पाएका थिए । यस तालिममा सिप्रदीयन सहायता संस्थाले सम्पूर्ण आर्थिक, प्राविधिक, प्रशिक्षण लगायत भौतिक पुर्वाधारहरुका लागि स्थायी रुपमा चन्द्रागिरी नगारपालिका वडा कार्यालयलाई रु २,५०,०००– वरावरको आर्थिक सहायता हस्तान्तरण गरेको थियो ।
तालिम समापन समारोह चन्द्रागिरी न.पा–वडा नं १४ का वडा अध्यक्षको सभापतित्व र चन्द्रागिरी नगरपालिका नगर प्रमुख श्री घनश्याम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नगर प्रमुख श्री घनश्याम गिरीले यस्ता कार्यक्रमले नगरमा रोजगारी श्रृजना गरी सामाजिक विकाश गर्ने कुरा बताए । वडा अध्यक्ष राज भाई महर्जनले यस किसिमको तालिमले स्थानीय सरकार, सार्वजनिक निजी साझेदारीको प्रर्वद्दन हुने कुरा बताए ।