२१ असार, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय महिला टोलीकी सदस्य अप्सरी बेगमलाई निलम्बन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले व्यवस्थापन र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै निलम्ब गरेको हो।
प्रशिक्षण शिविरका दौरान अप्सरीले आचारसंहिता उल्लंघन गरी टिमका व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानले विज्ञप्तिमार्फत जानकारी दिएको छ।