राजनीति

बरिष्ठ नेता डा कोईरालाको अर्थपूर्ण अभिब्यक्तीः ठूलो दलको हैशियतले काँग्रेस नेतृत्वमा सरकार नबनोस्

२२ असार, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोईरालाले नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने बताएका छन् ।

उनले शान्ती र क्रान्तीका नायक गिरिजा प्रसाद कोईराला बिषयक अन्तरकृयामा बोल्दै ‘७६ (३) मा जाने अवस्था नआओस् भन्ने हो ।’ भन्ने चेतावनी दिएका छन् ।

आफूले पहिले नै एमाले र काँग्रेस मिल्ने अवस्था आउन सक्ने सार्बजनिक अभिब्यक्ती दिएको भन्दै अहिलेको सरकार ७६ को २ अनुसार बनेपनि अब ७६ को ३ अनुसार सबैभन्दा ठूलो दलको हैशियतले सरकार बन्न सक्ने औंल्याए ।

नेपाली काँग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बन्ने अन्तिम सहमती भर्ईसकेका बेला बरिष्ठ नेता डा कोईरालाको अभिब्यक्तीले राजनीतिमा तरगं ल्याएको छ ।