२५ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको कमर्यदिशा कस्तो हुने भनेर टिमले काम गरिरहेको उनले बताएका छन् ।
काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले मौद्रिक नीति कसिलो हुने कि लचिलो भन्न हतार गर्ने बेला नभएको बताएका हुन् ।
गभर्नर अधिकारीले भने, ‘अर्थतन्त्रका केही क्षेत्र अत्यन्तै सबल छन् । तर, सरकारको वित्त आफैं दबाबमा छ । वास्तविक क्षेत्रमा निर्माण लगायत केही क्षेत्र भने समस्या छ ।’