२५ असार, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश संविधान बमोजिम चलिरहेको छ र ? भनेर प्रश्न गरेका छन् । नयाँ सरकार गठन संबिधानको धारा ७६ (२) कि ७६ (३) भन्ने वारे अर्थहीन बहस, विवाद भैरहेको देख्दा हाँसो उठ्छ भनदै उक्त कुरा बताएका हुन् ।
अध्यक्ष थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘नयाँ सरकार गठन संबिधानको धारा ७६ (२) कि ७६ (३) भन्ने वारे अर्थहीन बहस, विवाद भैरहेको देख्दा हाँसो उठ्छ। देश संविधान बमोजिम चलिरहेको छ र ?
शितलनिवासमा पार्टीको मान्छे राख्ने, अदालत सेटिङमा चलाउने, मध्यरातमा शितलनिवासको ढोका खोलेर साँक्षी राख्ने अनि संबिधानको धारावारे बहस गर्नुको के औचित्य रहन्छ ?’
