राजनीति

रास्वपातिर संकेत गर्दै महामन्त्री शर्माले भनेः काँग्रेसमा नेतृत्वको आलोचना गर्दा नेता–कार्यकर्ताले कारबाही भाेग्नु पर्दैन

२६ असार, काठमाडौं । नेपाली काँग्रेसका माहामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसमा कार्यकर्ता वा नेताले पार्टीलाई सुझाव सल्लाह दिँदा कारबाही भोग्न नपर्ने बताएका छन् ।
उनले ट्वीट गर्दै रास्वपाले आफ्नै महामन्त्री मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको घटनालाई संकेत गर्दै, ‘काँग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ । यति सत्य बोल्दा काँग्रेसमा कसैले कार्वाही भोग्नुपर्दैन’ भनेका छन् ।
उनले प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखी यो समयसम्म काँग्रेस जीवन्त छ र रहिरहनेछ भनेका छन् । महामन्त्री शर्माले रुपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौं हामी भनेका छन् ।
उनको ट्वीटः

काँग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ । यति सत्य बोल्दा काँग्रेसमा कसैले कार्वाही भोग्नुपर्दैन !

प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखी यो समयसम्म काँग्रेस जीवन्त छ र रहिरहनेछ । रुपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौं हामी ।