समाचार

कास्कीमा अविरल बर्षापछि आएको पहिरोले पुरिएर ११ जनाको निधन

२८ असार, काठमडौं । अविरल बर्षाका कारण कास्कीमा पहिरोमा पुरिएर ११ जनाको निधन भएको छ ।
पोखरा माहानगरपालीका वडा नम्बर १९ मा ७ जना र वडा नम्बर ३२ चैंनपुरमा ४ जना गरी ११ जनाकको गएरातीदेखीको अविरल बर्षाबाट निधन भएको हो ।
४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त ज्यान गएको कास्की प्रहरी प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले पुष्टी गरेका छन् ।
अविरल बर्षा नरोकिएका कारण धेरै जनधनको क्षति हुने देखिएको छ । कास्कीमा अविरल बर्षापछि आएको पहिरोले पुरिएको ११ जनाको राती ११ बजेतिर निधन भएको पुष्टी भईसकेको छ ।