राजनीति

बाढीपहिरोको अवस्थालाई हेर्दै गगन भन्छन्ः अवस्था बदल्न मेरो कोसिस जारी रहनेछ

२८ असार, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले घटना घटेपछि मात्र संबेदनशील हुने तर घटना हुन नदिन र भइहाले थप क्षति हुन नदिन आवश्यक पूर्व तयारी नगर्ने शासकीय मनोवृत्ति विडम्बनापूर्ण भएको बताएका छन् ।

महामन्त्री थापाले अनुरुप पूर्व तयारी र द्रुत गतिमा काम गर्ने कुरामा अझै ढिलाइ गरिरह्यौँ भने यस्तै थप दुर्घटनाको प्रतीक्षा गरिरहने हाम्रो नियति हुनेछ भनेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको छ, कास्की लगायत देशका विभिन्न स्थानमा बाढी पहिरोले ठुलो क्षति भएको छ। यी घटनाले मर्माहत बनाएको भन्दै उक्त कुरा बताएका हुन् । यो बाढीपहिरो आउन नै नदिने वा आएमा के गर्ने भन्ने अवस्था बदल्न मेरो कोसिस जारी रहनेछसमेत भनेका छन् ।

उनको स्टाटस्ः

नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको छ, कास्की लगायत देशका विभिन्न स्थानमा बाढी पहिरोले ठुलो क्षति भएको छ। यी घटनाले मर्माहत बनाएको छ। हाम्रो भौगोलिक बनावट निक्कै संवेदनशील छ तर पूर्वाधार निर्माणमा त्यस किसिमको संवेदनशीलता अबलम्बन हुन सकेको छैन। भौगोलिक बनावटको संवेदनशीलता नबुझी भौतिक विकास निर्माण अघि बढाउने हाम्रो तरिकाले पनि यस्ता दुःखद घटना बढिहेका छन्।

अर्कोतर्फ घटना घटेपछि मात्र संबेदनशील हुने तर घटना हुन नदिन र भइहाले थप क्षति हुन नदिन आवश्यक पूर्व तयारी नगर्ने हाम्रो शासकीय मनोवृत्ति विडम्बनापूर्ण छ।

भौगोलिक संवेदनशीलता ध्यानमा राखेर आपत्कालीन र दीर्घकालीन नीति बनाउने अनि त्यस अनुरुप पूर्व तयारी र द्रुत गतिमा काम गर्ने कुरामा अझै ढिलाइ गरिरह्यौँ भने यस्तै थप दुर्घटनाको प्रतीक्षा गरिरहने हाम्रो नियति हुनेछ। यो अवस्था बदल्न मेरो कोसिस जारी रहनेछ।