२९ असार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने बैठकले पछिल्लो एमालेसँंगको सहकार्यमा बन्न लागेको सरकारलगायतका महत्वपुर्ण विषयमा छलफल हुनेछ ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि मुख्य सचिव कृष्णप्रसाद पौडेल अनुरोध गरेका छन् ।