३० असार, काठमाडौं । रास्वाकाका निलम्बित महामन्त्री मुकुल ढकालले आफुलाई स्वर्णीम वाग्लेको सचिवालयबाट कुट्ने आएको बताएका छन् ।
केहीदिन अगाडीमात्र रास्वपाको ३८ जिल्लाको जनताको भावनासहितको प्रतिबेदन पार्टीलाई बुझाउँदा केन्द्रीय समितिको कारबाहीमा परेका ढकाललाई स्वर्णीम वाग्लेले पटक पटक फोन गर्दा आफुले रिसिभ नगरेको त्यसपछि उनको सचिवालयबाट फोन गरी धम्की दिएको बताएका छन् ।
उनले आफुलाई धम्की दिनेबित्तिकै प्रहरी उपरीक्षककोमा सुरक्षाको लागि माग गरिसकेको बताएका छन् । स्वर्णीम वाग्ले नेपाली काँग्रेस छाडेर रास्वपा गई तनहुँबाट निबाृचन जितेका साासद हुन । मुकुल ढकालले पहिले ७ दिनलाई कारबाही र त्यसपछि महामन्त्रीबाट कारबाहीमा पर्नुपरेको छ । पत्रकार सम्मेलन नै गरेर मुकुलले रास्वपा सभापतिको भण्डारफोर गरेका थिए ।
उनले भनेका छन्ः
स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे , फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन… लगायत अनेक भनेकाले , हिजै राती इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।
