३० असार, न्युयाेर्क। अमेरीकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हानिएको छ । साँझ पेन्सिलभेनियामा नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपतिको निबाृचन प्रचारका क्रममा २० बर्षीय एक अमेरिकनले उनलाई गोली हालेका हुन् ।
उनले गोली हनेको केहीबेरमा नै प्रहरीले तत्काल मारिएदिएको छ । त्यसक्रममा अर्का एक दर्शकको निधन भएको छ भने अरु दुईजना घाईते भएका छन् ।
गोली हान्ने ब्यक्ती स्थानीय थोमस म्याथेव क्रुक्स रहेको प्रहरीले पुष्टी गरेको छ ।
यसैगरी उनी वेथेल पार्क पेन्सिन्भनियाका हुन् ।
नोभेम्वरमा राष्ट्रपतिका प्रवय विजय उन्मुख रहेका ट्रम्पलाई गोली लागेपछि कान र अनुहारबाट रगत बगेको तस्वीर साबृजनिक भएके छ । पुर्व राष्ट्रपति ट्रम्पलाई गोली लागेपछि स्थानीय स्वास्थ्य क्लीनिकमा उपचार गरिएको उनको सचिवालयले पुष्टी गरेको छ । उनको अवस्था खतरामुक्त रहेकोसमेत बताईएको छ ।
प्रहरीले गोली हान्नुको खास कारण र घटनाको थप अनुसंधान गरिरहेको बताएको छ ।