राजनीति

डा कोईराला समूहले १० मध्ये ४ मन्त्रालय गर्यो माग, मन्त्री छान्ने जिम्मासमेत पाए डा कोईरालाले !

३० असार, काठमाडौं । नेपाली काँग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा १० जना मन्त्रीको भाग लाग्ने भएपछि आज बसेको बरिष्ठ नेता डा शेखर कोईराला पक्षको बैठकले आफुहरुलाई १० मध्ये ४ मन्त्री अथवा ४० प्रतिशतको हिस्सा माग गर्ने निर्णय गरेको छ ।
आज कोईरालाको सम्पर्क कार्यालय विशालनगरमा बसेको उपसभापति धनराज गुरुङ, महामन्त्री गगन कुमार थापा, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, सहमहामन्त्री बद्री पाण्डे, जीवन परिवार, डा चन्द्र भण्डारीलगायतको बैठकले काँग्रेसबाट पठाईने मन्त्रीमा आफुहरुको भाग पर्नुपर्ने भन्दै ४० प्रतिशतको हिस्सा खोजेको छ ।
को को मनत्री पठाउने भन्ने बिषयमा निर्णय नभएपनि मन्त्री छान्ने जिम्मा उक्त समुहका नेता काँग्रेस बरिष्ठ नेता डा शेखर कोईरालालाई दिईएको छ । डा कोईरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापासँग सल्लाह गरेर मन्त्रीको टुंगो लगाउनुपर्नेछ । केहीदिन अगाडीको काँग्रेस र एमालेबीचको ७ बुंदे सहमतीपछि बनेको राजनीतिले नेपाली काँग्रेस र एमालेको संयुक्र सरकार बन्ने भएपछि डा कोईराला पक्ष पनि आफ्नो पक्षको प्रभाव सरकारमा देखाउन लागि परेको छ ।