राजनीति

प्रकाशमानको नेतृत्वमा काँग्रेसले पठायो सपथका लागि शीतल निवास मन्त्रीहरुका नाम !

३१ असार, काठमाडौं । नेपाली काँग्रेसले आफ्ना मन्त्रीहरु टुंगो लगाएको छ । आज राष्ट्रपति भवनमा हुने सपथका लागि काँग्रेसको तर्र्फबाट उप–प्रधान एवं शहरी विकास मन्त्रीमा प्रकाशमान सिंह जाने भएका छन् । यसैगरी डा आरजु राणा देउवा परराष्ट्र मन्त्री बन्ने भएकी छनन् भने रमेश लेअक गृहमन्त्री बन्ने भएका छन् ।
नेपाली काँग्रेसले दिपक खड्कालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिईनेछ ।
यसैगरी एनबहादुर शाहीले बन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् भने तेजुलाल चौधरीले युवा तथा खेलकुद अनि ऐनबहादुर शाहीले बन मन्त्रालयको जिम्मेवारी पाउने छन् ।
यसैगरी स्वास्थ्य मन्त्रीमा प्रदीप पौडेल, साँस्कृतिक पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा बद्री पाण्डे, कृषि मन्त्रीमा रामनाथ अधिकारी पर्ने भएका छन् । प्रकाशमान सिंह नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी साँसद हुन् । १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई सघाएपछि उक्त समूहमा रहेका छन् ।