३१ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् ।
आज ओलीले नेपाली काँग्रेसको समर्थनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेपछि आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस, नेकपा एमाले तथा खन्य केही साना दलका तर्फबाट २२ भन्दा बढी मन्त्रीहरु नियुक्त गरेका छन् ।
ठूला दलहरुको नेतृत्वमा सरकार बन्दा मन्त्रीपरिसद विस्तार भईरहने समस्या पनि सकिएको छ । यसबाट दुई ठूला दलको सरकार बन्दा स्थायीत्व हुनेसमेत पुष्टी भएको छ ।
नवनियुक्त मन्त्रीहरु
१. केपी शर्मा ओली, प्रधानमन्त्री
२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय
५. रमेश लेखक, गृह
६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार
७. आरजु राणा देउवा, परराष्ट्र
८. नवलकिशोर साह सुडी, महिला बालबालिका
९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद
१३. प्रदीप यादव, खानेपानी तथा सरसफाई
१४. प्रदीप पौडेल, स्वास्थ्य
१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला
१६. बद्री प्रसाद पाण्डे, साँस्कृति, पर्यटन तथा नागरीक उड्ययन
१७. रामनाथ अधिकारी, कृषि
१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
१९. मानवीर राई, रक्षा
२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा
२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण