३१ असार, काठमाडौं । रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले रास्वपाका सभापति रवि लामिछानेलाई चिन्ता लिनु पर्दैन, मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन भनेका छन् ।
आज ट्वीट गर्दै उनले आफ्नो परिवारलाईसमेत मुछेर बिभिन्न आरोप लगाएको भन्दै सकेको गर्न रवि लामिछानेलाई चुनौतइ दिएका हुन् । ढकालले लामिछानेलाई आफ्नो स्थर देखाएको भन्दै उक्त स्थर देखाउन र सकेको गर्न चेतावनी दिएका हुन् ।
ढकालको ट्वीटः
रवि लामिछाने ज्यू, आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र मेरो परिवार समेतलाई अनेकन आक्षेप लगाउन थाल्नु भएछ । तपाईं आफ्नो स्थर देखाउँदै हुनुहुन्छ । तपाईं जति सक्नु हुन्छ, गर्नुहोस्, मेरो शुभकामना छ । चिन्ता लिनु पर्दैन , मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन ।