सामाजिक सञ्जाल

नवगठित सरकारले समावेशितालाई हेर्ने दृष्टिकोण के हो ? : सांसद गौतम

३१ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले दलितको प्रतिनिधित्व त्यहाँ शून्य रहेकोमा समावेशितालाई कसरी हेरेको छ सरकारले भन्दै प्रश्न उठाएकी छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै गौतमले नवगठित सरकारले समावेशितालाई हेर्ने दृष्टिकोण के हो ? भन्दै प्रश्न गरेकी हुन् ।

‘नवगठित सरकारले समावेशितालाई हेर्ने दृष्टिकोण के हो ? योबारे पनि हामी जिज्ञासा राख्न चाहन्छौं किनकी अहिलेको मन्त्रिपरिपषद्को स्वरुप हेर्दा संविधानले सुनिश्चित गरेको महिलाको प्रतिनिधित्व त्यहाँ देखिएको छैन । दलितको प्रतिनिधित्व त्यहाँ शून्य छ । समावेशितालाई कसरी हेरेको छ सरकारले ?, उनले प्रश्न गरिन् ।