राजनीति

ओलीको सपथसँगै बढ्यो पेट्रोलियम पदार्थको मूल्य बृद्धि, तिज–दशैं–तिहारमा बजार भाउ आकासिने संकेत

१ श्रावण, काठमाडौं । नेपाल आयल निगमको संचालक समितिको बैठकले पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य बृद्धि गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनको सरकारका मन्त्रीहरुले सपथ लिनेबित्तिकै पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यबृद्धि भएको हो ।
पेट्रोलको मूल्य प्रति लिटर ४ रुपैयाँले बढेको छ भने डिजेल र मट्टीतेलको मूल्य ३ रुपैयाँले बढेको छ । काठमाडौंमा यससँगसँगै पेट्रोलको मूल्य प्रति लिटर रु. १७१ पर्नेछ । यसैगरी डिजेल, मट्टीतेल १६० प्रति लि पुगेको छ । देशका बिभिन्न स्थानमा पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य फरक फरक हुनेछ । पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य बृद्धिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई जनताबाट स्वागत हुने अवस्था भने रहेको देखिएन ।