३ साउन, काठमााडौँ । द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।
उपचारको क्रममा ९१ वर्षको उमेरमा बिहीबार उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।
स्रोतका अनुसार श्रेष्ठलाई पेटको आन्द्रामा गम्भीर प्रकारको संक्रमण देखिएको थियो । मेडिसिटी अस्पतालमा नै उनको लामो समयदेखि त्यसको उपचार पनि भइरहेको थियो । ‘उहाँको आन्द्रामा गम्भीर संक्रमण देखिएपछि त्यसको उपचार भइरहेको थियो,’ स्रोतले भन्यो, ‘सोही समस्याका कारण यसअघि पनि उहाँलाई धेरैपटक अस्पताल भर्ना गरिएको थियो । आन्द्राको संक्रमणसँगै पछिल्लो समय उनको स्वास्थ्यमा अन्य गम्भीर जटिलता पनि देखिएको थियो ।’