३ असार, काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयका पुर्व उपकुलपति प्रा.डा. तुलसीराम बैद्यको निधन भएको छ । काठमाडौंमा जन्मिनुभएका लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उप–कुलपति प्रा डा बैद्यको बुधबार निधन भएको पारिवारिक स्रोतले पुष्टी गरेको छ ।
प्रा डा बैद्य इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष, इतिहाशविद, सालीन एवम् विद्वान ब्यक्तीत्व आदरणिय ८५ बर्षिया प्रा.डा. तुलसीराम बैद्यको असार २, गते २०८१ मा भएको निधनले मुलकलाई अपुरणीय क्षती पुगेको इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले बताएका छन् । महासचिव आचार्यले भावुक हुँदै यस घडिमा मृतकको आत्माको चीर शान्तीको कामना गर्दै परिवारमा धैर्य धारण गर्ने शक्ती भगवान पशुपतिनाथले दिउन् भन्दै हार्दिक श्रद्धान्जलीसमेत अर्पण गरेका छन् ।
प्रा डा बैद्य २०७२ सालको महाभूकम्पपश्चात सानेपास्थीत घरमा छोरा र श्रीमति बैनी बैद्यसंग बस्दै आउनुभएको थियो । उहाँको कार्य सानेपास्थीत निवासमा नै भईरहेको इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा डा त्रिरत्न मानन्धरले जानकारी दिए ।