३ साउन, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको विकासका लागि आफू निरन्तर खटिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् राखेपद्वारा आज आयोजित स्वागत कार्यक्रममा खेलकुदमन्त्री चौधरीले खेलकुदको विकासका लागि राखेपका सदस्य–सचिव र सरोकारवालसँग छलफल गरेर अगाडि बढ्ने बताए । उनले भने, “खेलकुद क्षेत्रलाई विकासको बाटोमा डोर्याउन सरोकारवालासँग टिम बनाएर अगाडि बढ्छु ।”
वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले तीन सय दिनमा कीर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार गर्ने निर्णय गरेको जानकारी गराउँदै उनले १०औँ राष्ट्रिय खेलकुदलगायत अन्य विषयमा चाँडै बोर्ड बैठक बसेर टुङ्ग्याउने बताए । राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्री चौधरीको लक्ष्यलाई पूरा गर्न राखेप टिम सहयात्री बनेर काम गर्ने विश्वास दिला०ए ।