४ साउन, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले अब १५ औँ महाधिवेशनको नेपाली काँग्रेसको सभापतिमा डा शेखर कोइराला विजयी हुने बताएकी छन् ।
आज वरिष्ठ नेता डा कोइरालाको विशालनगरस्थीत सम्पर्क कार्यालयमा डा कोइरालालाई भेट्न पुगेकी पूर्वमन्त्रीसमेत रहेकी सुजाताले अब डा कोइरालाको सम्पर्क कार्यालयमा हप्तामा कम्तीमा एक पटक आउने बताएकी छन् ।
नेपाली काँग्रेसका शक्तिशाली पूर्व सभापति एवं पूर्व कामु राष्ट्र प्रमुखसमेत रहेका पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाकी सुपुत्रीसमेत रहेकी सुजाता कोइराला विना विभागीय मन्त्री, परराष्ट्र मन्त्री पार्टीको विदेश विभाग प्रमुखलगायतको महत्त्वपूर्ण जिम्मेवारीमा रहेकी थिइन् ।
नेपाली काँग्रेसबाट सुनसरी क्षेत्र नम्बर ५ मा काँग्रेस उम्मेदवार बनेर २०६४ सालको निर्वाचनमा पराजित बनेकी सुजाता २०७९ सालको निर्वाचनमा मोरगं क्षेत्र नम्बर १ बाट पराजित हुन पुगिन् । उनी गत १४ औँ महाधिवेशनका गणेशमान सिंह पुत्र प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवार बनेकी थिइन् ।
पछिल्लो समयमा सुजाता कोइरालाको निवासमा कार्यकर्ताहरूको भीड हटेको अवस्था भए पनि कोइराला परिवारकी सदस्य भएका कारण पनि काँग्रेसका उनको महत्वमा कमी छैन भन्ने काँग्रेस नेता कार्यकर्ताहरूको कमी छैन ।
सुजाताको भनाइबाट नेपाली काँग्रेसभित्र १५ महाधिवेशनको दौड सुरु भइसकेको अवस्था छ भन्ने पुष्टि हुन्छ ।