सुदूरपश्चिम

आर्थिक अभाव झेल्दै झलारी आयुर्वेद औषधालय

५ साउन, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका १० स्थित झलारी आयुर्वेद औषधालयलाई आर्थिक अभाव हुँदा सेवा बन्द हुने अवस्थमा पुगेका छन् । औषधीको व्यवस्था गर्न नसक्दा सञ्चालन हुँदै आएको पञ्चकर्म सेवा बन्द भएको औषधालयका कविराज जयराम शाहले बताए । “मालिस तेल विरामीलाई औषधालयबाट निःशुल्क रुपमा उपलव्ध गराइ पञ्चकर्म सेवा सञ्चालन गर्दै आएका थियौं” उनले भने, “तेल खरिद गर्ने आवश्यक बजेट नहँुदा सेवा बन्द गर्नु परेको छ ।”

संघीय सरकारबाट अनुदान रकम आउदा विगतमा औषधीको व्यवस्था मिलाउदै आएको उल्लेख गर्नु हुदै उनले हाल संघ, प्रदेश र नगरपालिकाबाट थोरै मात्रै बजेट आउदा विरामीको चाप अनुसार औषधी पुरयाउन पनि धौ धौं भएको बताए । “केही पुरानो औषधी मौज्दाद हुँदा बिरामीलाई दिदै आएका छौं” उनले भने, “केही औषधी सकिएको छ, केही सकिने अबस्थामा पुगेको छ ।” संघीय सरकारबाट चालु आबमा ८० हजार बजेट मात्रै औषधालय सञ्चालनका लागि आएको छ ।
नगरपालिकाबाट बजेटनै विनियोजन गरिएको छ । विनियोजन गर्ने अश्वासन पाईएको औषधालयका कर्मचारीको भनाई रहेको छ ।

औषधालयमा अम्लपित,पायल्स, उदररोग, स्वासप्रश्वास, बाथ, नशा, छाला सम्बन्धी रोगका विरामी बढी आउने गरेका छन । आब ०८०-८१ मा दुई हजार नौ सय ८९ विरामीले औषधालयबाट सेवा लिएका छन ।
औषधालयबाट पुरुष दुई हजार तीन सय ९१ र महिला पाँच सय ९८ ले सेवा लिएका छन । आब ०७९-८० मा छ हजार विरामीले सेवा लिएका थिए । गएको आर्थिक वर्षबाटै बजेटको अभाव हुदा विरामीको सङख्या घटेको बताइएको छ ।