लुम्बिनी

लुम्बिनीमा आचार्यको नेतृत्वमा सरकार गठन गर्न दाबी प्रस्तुत

७ साउन, लुम्बिनी । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले आज मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन् ।

उपनेता आचार्यले प्रदेशसभामा रहेका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् ।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख शेरचनसमक्ष बुझाएको राजीनामा स्वीकृत भएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनाअनुसार नेपालको संविधानको धारा १६८ ९२० बमोजिम प्रदेशसभामा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थनमा आज बेलुका ६ः३० बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएको थियो ।

यसैअनुरुप प्रदेशसभामा रहेका एमालेका २९ र कांग्रेसका २७ सहित ५६ जना सदस्यको समर्थनमा आचार्यले दाबी प्रस्तुत गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।