समाचार

नवनियुक्त मुख्यमन्त्री लामाद्वारा पदभार ग्रहण

९ मकवानपुर, काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले पदभार ग्रहण गरेका छन् ।

मुख्यमन्त्री लामालाई मन्त्रिपरिषद्का प्रमुख सचिव गोविन्दबहादुर कार्कीलगायत अधिकृत तथा कर्मचारीहरुले स्वागत गरे। 

त्यसैगरी, नवनियुक्त मन्त्रीहरुले पनि आ–आफ्नो मन्त्रालयमा आजै पदभार ग्रहण गर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका प्रमुख सचिव गोविन्दबहादुर कार्कीले बताए ।