समाचार

विमान दुर्घटानामा निधनभएका प्रति सभापति देउवाद्वारा दुःख व्यक्त

९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि आज बिहान ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे—७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

दुर्घटनामा परि दिवंगत हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सभापति देउवाले उनीहरुको आत्माको चीर शान्तिको कामनाका साथ शोकाकूल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।