विचार/ब्लग

बर्दिया र सुदूरपश्चिम अनि छाउपडी र रजस्वाला

रोजीना बोहोरा/ मेरो बाबाको नाम खेत बहादुर बोहरा हो । हाल म काठमाडौमा परिवारसंग बसिरहेकी छु । बर्दिया जिल्लामा विभिन्न किसिमका जनावरहरु पाइन्छन् । जस्तै हात्ती, बाघ, गैडा, एक सिंह गैडा, जरायो, लगुना, चितुवा, चित्तल आदि । बर्दिया राष्ट्रिय निकुञ्ज एक जनावरले भरिपूर्ण जिल्ला हो । बर्दियामा बाघले आक्रमण गरेर कतिपय मानिसहरुको मृत्यु भएको छ । बर्दिया जिल्लामा लगाएको धेरै खेतीपाति हात्ति, बाघ र बँदेलले नस्ट गरेका कारण जिल्लाबासी पीडित छन् ।

धेरै दुःख गरेर रातभरि नसुतिकन जनावरलाई गाँउलेहरुले सबै मिलेर रात भर लखेट्ने गर्दछन् । बर्दियाको हावापानी, वन–जङगल धेरै राम्रो छ वातावरण पनि सौन्दर्य रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा घाँसेमैदान र बाटो घाटो सम्म रहेको छ । बर्दियामा बबई पुल ठुलो रहेको छ । त्यहाँ बबई पुलमा पानीमा पाईने जनावरहरु कछुवा, गोही, आदी पाइन्छन् । बर्दिया जिल्लामा धेरै जसो थारु जातिका मानिसहरु बस्ने गर्दछन् । बर्दिया राष्ट्रिय निकुञ्जमा विभिन्न प्रकारका जातजाति भाषा भाषीका मानिसहरु पनि बस्दछन् । बर्दियामा प्रायः पानी नै पर्दैन । पानी नपरेका कारण गर्मी धेरै हुने गर्दछ । जाडोको समयमा धेरै चिसो हुने गर्दछ । वर्षाको बेला बाढी पहिरो आएर धेरै बालिनाली नष्ट हुन्छ । कहिलेकाँही बर्षा हुँदा हावाहुरी आएर रुखहरु ढलेर मानिसको मूत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र मानिसहरुले घाँस, दाउरा काट्दा त्यहाँका निकुञ्जका सैनिकहरुले देख्नु भयो भने कानून बमोजीम जरिवाना लिने गर्दछन् ।

बर्दियाका घर–घरमा राती हात्ती आएर घर भत्काउने र घर भित्र भएका सर सामानहरु नष्ट गरेर स्थानीयलाई धेरै नै दुःख दिएका तीता दृष्टान्तहरु मेरो सामु ताजै छन् । बर्दियामा बाघ, हात्ती आक्रमणका कारण धेरै मानिसहरुको ज्यान समेत गएको सरकारी तथ्यांक छ । बाघ, हात्ती देखी मानिसहरुलाई ज्यान जोगाउन जोखिम रहेको छ । बर्दियामा ठाउँ अनुसार भाषा फरक पनि छ । बर्दिया जिल्लामा मन्दीरहरु पनि धेरै छन्, त्यी मध्ये ठाकुरबाबा मन्दिर रहेको छ । त्यहाँ धेरै ठाउँबाट पर्यटकीयहरु तिर्थस्थल भ्रमण गर्नको लागि आउनु हुन्छ । बर्दियामा कर्णाली पुल पनि छ । त्यहाँ मानिसहरु धेरै घुम्न जाने गर्दछन् । त्यहाँको हावापानी पनि चिसो र सौन्दर्य ठाउँ रहेको छ । बर्दिया जिल्लामा महिलाहरुलाई महिनावारी हुँदा धेरै गाह्रो हुने गर्छ । किनभने त्यहाँ महिलाहरु महिनावारी हुँदा घर बस्न नपाउने, छुटाई छाउपडी गोठ बनाएर बस्नुपर्छ । छाउपडी महिलाहरुले गाई, भैसीको दुध, दही, महि खानु हुदैन भन्ने चलन रहेको छ ।

रजस्वला हुँदा घर टेक्दा र दुध खाँदा त्यहाँका देवी देवता रिसाउने गर्दछन् भन्ने चलन छ । बर्दियामा छाउपडी हुने महिलाहरु छाउपडी गोठमा बस्दा किशोरीहरुको बल्त्कार भएर धेरै किशोरीहरुको ज्यान गएको छ । छाउपडी महिलाले खाना खाएको थाल अलग्गै राख्नु पर्ने हुन्छ । रजस्वला भएको बेला महिलाहरुलाई खानेकुरा पौष्टिक आहारा दिनुपर्नेमा, छाउपडी भएको बेला बढी ख्याल गर्नुपर्नेमा, गलत परम्परा रितीरीवाज देखी चलीआए चलनका कारण महिलाहरुलाई समस्या छ । छुईका कारणले अलग्गै बसेका बेला महिलाहरुमा पटक–पटम अप्रीय घटना हुन थालेपछि त्यहाँका महिलाहरु चिन्तित छन् ।

विशेष गरी बाहुन, क्षेत्री, मगर, ठकुरी परिवारका महिला यो परम्पराबाट पीडित छन् । सुत्केरी भएको २२ दिनसम्म र महिनावरी भएको नौ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नु पर्ने हुन्छ । सुत्केरी तथा रजस्वला भएकी नारीलाई झन सफा राख्नुपर्ने तथा पोषिलो आहारा खुवाई आराम गराउनु पर्ने शिक्षित, सम्पन्न सभ्य भनिने छोरी, बुहारी समेत रजस्वला हुँदा घरका गाई भैसीको दुधसमेत खाँदैनन् । यस्तो बेला पालेका गाई भैसीको दुध खाए तिनले दुध दिन छोड्छन् भन्न् अन्धविवास छ । परम्परागत जनविश्वासका कारण यस्ता महिलाले छोएको खण्डमा वा कुनै लसपस भएमा अशुद्ध हुने भएकाले छोए पनि सुनपानीको छिटो हाल्ने, गहँुत खुवाउने, घरका कुलदेवता चोख्याउने जस्ता चलन छ । त्यही भैंसीलाई घाँस काट्न, खोले ख्वाउन हुने तर त्यही भैंसीको दुध खान चैं नहुने चलन अत्यन्तै गलत छ।

प्राचीनकालदेखि चलि आएको परम्परालाई लत्याएर महिलाहरु महिनावारी तथा सुत्केरी भएको छुईछाई गरेमा, घरका कुलदेवता रिसाउने र परिवारमा हानी नोक्सानी पुग्ने शरीर सुक्दै जाने अन्नबाली नफल्ने अन्धविश्वास छ । तर यो अन्धविश्वास नै हो । बर्दियाजस्तै सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा महिलाहरुले महिनावारी र सुत्केरी भएका बेला घरका कुनैपनि सरसामान छुनु हँदैन भन्ने चलन छ । त्यसैले यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी नारीलाई केहीपर बनाइएको झुपडीमा बस्न लगाइन्छ । यस्तो गोठलाई छाउपडी कुँडी भनिन्छ ।

पश्चिम नेपालका धेरै जसो क्षेत्रहरुमा छाउपडी प्रथा त्यहाँका धर्म र संस्कृति हो, संस्कृति आडमा महिलाहरु माथि गरिने, यस्ता अमानविय व्यवहार मानव अधिकार विरुद्धमा छन् । सुत्केरी होस् वा महिनावारीका प्रजनन् अंगबाट रातो पदार्थ निस्के पछि उनी अछुत हुन्छिन्् । सुत्केरी अवस्थामा लामो समय सम्म रजश्वला भइरहने हुनाले सुत्केरी हुँदा महिलाले जाडो वा गर्मी होस्, छाउ अर्थात गोठमा घर परिवारबाट अलग भएर बस्नु पर्दछ । यस्तो नाजुक अवस्थामा बच्चा भएका महिलाले बच्चा र आफ्नो स्याहार आफैंले गर्नु पर्दछ । यतिमात्र नभई सुत्केरी अवस्थामासमेत उनले दहि-दुध जस्ता तागत लाग्ने खानेकुराहरु समेत छुन र खान दिइदैन । उनले कसैलाई पनि छुन समेत हुँदैन । महिनावारी पनि यसै गरि बारिन्छ तर यो भने पाँच दिन मात्र बारिन्छ । छाउपडी प्रथा विरुद्ध समुदाय स्तरमा विभिन्न जनचेतना मुलुक कार्यक्रमहरु गरिरहेका छन् ।

आजकाल विभिन्न व्यक्ति सङ्घ संस्था तथा पीडितहरु समेत कुरीति विरुद्ध खुलेर लाग्न थाालेका छन् । ती सबैको सामूहिक प्रयासका कारण छाउपडी प्रथा खुकुलो हुदैं जान थालेको छ । महिलाहरुको जैविक अवस्थाको कारण शारिरीक विकासको क्रममा निश्रित उमेर समूह बिच प्राकृतिक रुपमा हुने महिनावारीलाई फरक ठाउँमा फरक नामले चिनिन्छ । सुदूर पश्चिममा महिनावारी भएको अवस्थालाई छाउ भएको भनिन्छ । जुन महिलाको जैविक सक्षमताको सूचक हो । महिनावारीलाई अशुद्धता मानिने तीन अवस्था रहेका छन् । पहिलो, दोस्रो, तेस्रो । सिंगो सुदूर पश्चिममा छाउपडी कुप्रथा छ र यसको कारण चेतना शिक्षाको कमी र गरिवी भन्ने कुरा मात्र सत्य होइन, बर्दिया सुदूरपशिचमसँग जोडिएको जिल्ला भएका कारण पनि यस्तो कु–प्रथाले छोएको हो कि केहो ? ।

महिनावारीसंग जोडिएर गरिने विभेद मात्र नभएर आपराधिक तहको सवैभन्दा निकृष्ट अवस्था पनि हो । यो अवस्थामा महिलाको मर्यादित जीवन, सुरक्षित आवास, पोषिलो खानेकुरासंग जोडिएको विशेष रुपमा होइन । यसरी बस्न बाध्य पारिदा महिलाहरु सर्प, बाघ, भालु लगायतका जनावरको टोकाइ र डसाइकासाथै बलात्कार र हत्याको जोखिम समेते भएको छ । दोस्रो, घरभित्र सुरक्षित आवासमा बस्ने तर महिनावारीलाई अशुद्धताको रुपमा लिइने अवस्था हो । तर, घरभित्र अझैपनि अलग्गै बस्ने र खाने गर्दछन् । बिद्यालय, कार्यालय, कारखाना लगायत सार्वजनिक गतिविधिहरुमा संलग्न हुन्छन् । तेस्रो, महिनावारीलाई अशुद्धता रुपमा लिने मानसिक अवशेषको अवस्था हो ।

मानिसहरु पुजा कोठामा नजाने, तर अन्य सबै काम गर्ने चलन छ । पढेलेखेका समुदाय मात्र होइन, स्वास्थ्य र विज्ञान सम्बद्ध पेशाकर्मी समेत यो रुढिवाद अन्धविश्वासबाट मुक्त छैन । छाउपडी प्रथा गरिबी, विभेद, विकटका लगायत कैयौ‌ समाजिक परिवेशसंग जोडिएको छ । रुढिवादी, अन्धविस्वासी, धार्मिक मान्यता । सामाजिक चेतनाको अभाव छ । जसका कारण आधुनिक समाजमा पनि यस्तो अन्धविश्वास, कुप्रथा देखिएपछि अक्षर राम्रोसँग चिनेकी बोहोराकी छोरी र साउदकी बुहारीमलाई समाज बदल्ने अभियानमा सहकार्य गर्न मन छ । गलत पनि अपराधिक रुपमा सामाजिक कु–संस्कार हटाउन मनै देखी लागिपर्न मन छ । यो हटाउनैपर्छ, म वा अरु कोही यस अभियानलाई सफल बनाउन लागि पर्नैपर्छ ।